अशोक पहाडी
रौतहट,२९ बैशाख । भोली हुने स्थानिय तहको निर्वाचनमा रौतहटमा करिब ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन । नेपाल प्रहरी,शसस्त्र प्रहरी,म्यादी प्रहरी तथा नेपाली सेना गरी सो संख्यामा सुरक्षाकर्मी परिचालित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । भारतसँग सिमाना जोडिएका् रौतहटका कतिपय निर्वाचन स्थल तथा मतदान केन्द्र अति सम्वेदनशील रहेका छन्। सबै किसिमको सुरक्षा चुनौतीलाई मध्यनगर गरेर दुवै जिल्लाको चुनावी सुरक्षा योजना बनाइएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले रौतहटमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन ।सोमबारदेखि अधिकांश मतदान स्थलमा मतदान कर्मचारी खटिसकेका छन्। मतदान कर्मचारी मतदान स्थलमा पुगिसकेको ठाउँमा सुरक्षाकर्मी पनि खटिइसकेको छ। सुरक्षाकर्मीहरु परिचालित भइसकेको र सबै ठाउँको मतदाता तथा मतदान स्थलको सुरक्षा गर्न सबै किसिमले तयारी पूरा भइसकेको रौतहटका प्रजिअ शाहीको दाबी छ । मतदानको दिन सबै मतदातालाई निर्भयताका साथ शान्तिपूर्वक मतदानमा सहभागी हुन प्रजिअ शाहीले आग्रह गरेका छन्। साधारण, सम्वेदनशील र अति सम्वेदनशील गरी मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले तीन वर्गमा विभाजन गरी सोही अनुसार सुरक्षाकर्मीको परिचालन गरिएको बताउँदै प्रजिअ शाहीले कुनै पनि कारणले सुरक्षाको थप आवश्यकता परेमा पाँच मिनेटभित्र थप बल पुग्ने गरी व्यवस्थापन गरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here