गौर,३० बैशाख । नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध गौरमा नारावाजी भएको छ । गौरको वडान २ मा मतदान गरेर नेपाल अन्य मतदान केन्द्रमा गएपछि अन्य दलका नेता कार्यकर्ताले नेपाल विरुद्ध नारावाजी गरेका थिए । केही बेर पहिला गौरीशंर क्याम्पसमा रहेको मतदान केन्द्र भित्र छिर्न खोज्दा अन्य पार्टीका नेता कार्यकर्ताले नेपाल विरुद्ध नारावाजी गरेका थिए । नेपालले आफ्नो पार्टीको उम्मेदवार लाई मत दिलाउनका लागि बुथ बुथ चाहार्दे हिडेको लोसपाका गौर मेयर उम्मेदवार अजय गुप्ताले आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here