चन्द्रपुर,३ जेठ ।
चन्द्रपुर नगरपालिकाको ६ वटा वाडको मत गणना सम्पन्न हुदा सम्म नेपाली कांग्रेस १४२९ मतले अगाडी रहेको छ ।
चन्द्रपुर नगरपालिकाको वाड नं। १ देखी ६ सम्मको अन्तिम मत परिणाम अनुसार हाल सम्म नेपाली कांग्रेसका नगर प्रमुख उमेदवार संजय काफलेले ५८३३ मत र उपमेयर जयमाला चौधरीले ६२७४ मत प्राप्त गरेकी छिन । यसैगरी नेकपा माओबादीका नगर प्रमुख उमेदवार खिल प्रसाद पौडेलले ४४०४ मत र उप प्रमुख देवकी नेपालले ५३०८ मत ल्याएकी छिन । त्यस्तै तेस्रो स्थानमा नेकपा एकिकृत समाजबादी पार्टीका बाबुराम दाहाल रहेका छन । उनले ३७३० मत र उप प्रमुख उमेदवार रामरती चौधरीले २७४० ल्याएकी छिन । यसैगरी नेकपा एमालेका नगर प्रमुख उमेदवार शिव आचार्यले ३४७१ मत र उप प्रमुख मुना लामिछाने मगरले ३७८० मत ल्याएकी छिन । त्यसैगरी स्वतन्त्र नगर प्रमुख उमेदवार रामचन्द्र चौधरीले १२०३ मत ल्याएका छन । वाड नं। ७ र ८ को मत गणना जारी रहेको छ ।