अशोक पहाडी,रौतहट,५ जेठ । बृन्दावन नगरपालिकाको वडा नं–२ को वडाअध्यक्षमा नेकपा माओवादी पार्टीका उम्मेदवार सिकिन्द्र पटेल २ मतको अग्रताले विजयी भएको छ ।
उनले नेपाली कांग्रेसका उम्मेदवार अवलेशलाई २ मत अन्तरका साथ पराजित गरेका छन् ।
वडाअध्यक्ष पदमा निर्वाचित भएका पटेल निवर्तमान वडाअध्यक्ष समेत हुन । निर्वाचित पटेलले ५ सय ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी अवलेशले ५ सय ९६ मत प्राप्त गरेका छन् । निर्वाचित वडाअध्यक्ष पटेल २ बढी ल्याएर जित हात परेपछि कांग्रेसका नेता कार्यकार्ताहरुले बिवाद गरेपछि दोहरो मतगणना भएको थियो । दोहरो मतगणनामा पनि २ मत बढी प्राप्त भएपछि विजयी घोषण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here