कटहरिया,६ जेठ ।
रौतहटमा एमजना उम्मेदवारले आफ्नै काकालाई चुनाव हराएर आफ्नो जित निकालेका छन् ।
जिल्लाको कटहरिया नगरपालिका वडानं ३ को चुनावी मैदानमा काका भतिजनै भिडेका थिए । काग्रेसका काकालाई हराउदै सो वडामा नेकपा एमालेका भतिजले जित निकालेका हुन । जिल्लाको कटहरिया नगरपालिकाको एक वडामा एकजना उम्मेदवारले आफ्नै काकालाई चुनाव हराएर आफु वडा अध्यक्ष भएका छन् । कटहरिया नगरपालिकामा वडा नम्बर ३ मा आफ्नै काकालाई हराएर भतिज वडा अध्यक्ष बनेका हुन ।
नेपाली कांग्रेसबाट कटहरिया ३ का वडा अध्यक्षका उम्मेदवार काका उमेश यादव लाई १४० मतको अन्तरले पराजित गरि एमालेका श्यामाकान्त यादव वडा अध्यक्षमा निर्वाचित भएका छन । एमालेका उम्मेदवार श्यामाकान्त पुरै प्यानल सहित विजयी भएका छन । स्यामाकान्तले ७ सय २७ मत प्राप्त गरेका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी निबर्तमान वडाध्यक्ष तथा उम्मेदवार उमेश यादवले ५८७ मत प्राप्त गरेका थिए । एमालेबाट वडा सदस्यहरूमा सीता देवि पटेल,रामअज्ञा साह सोनार,दिलिप साह तेली,कान्ति देवि पासवान विजयी भएका छन ।
नवनिर्वाचित वडा अध्यक्ष श्यामाकान्त उमेशका आफ्नै दाईका छोरा हुन । २०७४ को निर्वाचनमा कांग्रेस बाट उमेश यादव वडा अध्यक्षमा बिजयी भएका थिए भने तत्कालीन माओवादीको टिकटबाट चुनाव लडेका स्यामाकान्त यादव पराजित भएका थिए । आफ्नै भतिजसंग पराजित भएका स्यामकान्तले प्रतिक्रिया दिदै भने यो लोकतन्त्र हो ,हार जित स्वभाविक छ । २०७८ जेठ ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here