चन्द्रपुर,९ जेठ । पत्रकार फणी महत ब्रेनट्युमरको समस्या बाट ग्रसित भएकाछन् । आईतबार सांझ उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई उपचारका लागि काठमाण्डौ स्थित अन्नपुर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ । उनको आज अप्रेसन हुने नेपाल पत्रकार महांसघका केन्द्रीय सदस्य शिवपुरीले जानकारी दिएकाछन् । प्रेस चौतारी मधेस प्रदेशका अध्यक्ष समेत रहेका चन्द्रनिगाहपुरका पत्रकार महत ब्रेनट्युमरको अप्रेसनका लागि सहयोग संकलन समेत सुरु भएको छ ।
महतको अप्रेसनका लागि चन्द्रनिगाहपुरका युवा व्यावसायी देवराज कार्कीले ५० हजार ,देवराज आर्यालले २५ हजार ,नागेन्द्र यादवले २५ हजार ,अरुण लामाको टिमबाट ३० हजार,नेपाल पत्रकार महासंघ रौतहट शाखा ५० हजार ,जिल्ला प्रहरी कार्यालय रौतहटबाट १० हजार र चन्द्रनिगाहपुरमा रहेको एसी हवबाट ७ हजार नगद संकलन भएको छ । यस्तै स्थानीय युवा अधिकार लामिछाने १० हजार सहयोग गरेकाछन् ।
महतको उपचारका लागि जिल्लाका पत्रकारहरु रकम संकलनमा लागेको नेपाल पत्रकार महांसघ रौतहटका सचिव मदन ठाकुरले जानकारी दिएका छन् ।
पत्रकार महतको उपचारमा चन्द्रनिगाहपुरका स्थानीय युवाले समेत आर्थिक सहयोग गरेर हौसला दिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरीको भनाइ रहेको छ । उनको उपचारका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समेत सहयोग गर्ने पुरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here