अशोक पहाडी
रौतहट,९ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा पोलिङ भएको भन्दा ४१ वटा बढी मतपत्र फेला परेको छ । बढी मतपत्र फेला परेको र पुन मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रर्दशन गरेकाछन् ।
सो नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले फतुवा बिजयपुर नगरपालिकाको वडानं ३ को मेवा गाउको बुथमा मतदान अधिकृतले पठाएको तथ्याङ भन्दा ४१ वटा बढी मतपत्र फेला परेको बताए ।
निर्वाचन आयोगले बाक्सामा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्दैशन दिएकाले आफुले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ रहेको छ । नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमलसिनाले नेपाली काँग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाए ।
नेकपा एमालेका मेयरका उम्मेदवार बिजय यादवले नेपाली काँग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाँउमा पुन ः मतदान गर्नुपर्ने माग राखेकाछन् ।
पुन मतदानको माग गर्दै एमाले र माओवादीका मतगणना स्थालमा रहेका प्रतिनिधिहरु निस्केको माओवादीका मेयरका उम्मेदवार तिमलसिनाले बताए ।
पोलिङ भएको भन्दा बढी आएको ४१ वटा मतपत्र एक छापे रुख चिन्हमा मतदान भएको पाइनुले समेत फतुवा बिजयपुर नगरपालिकामा पुर्ण रुपमा मतगणना धाँधली भएको काँग्रेस एमालेका नेताहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here