गरुडा,९ जेठ ।
रौतहटको माधव नारायण नगरपालिकामा नेपाली कांग्रेस पार्टीका मेयर उमेदवार र जनता समाजबादी पार्टीकि उपमेयर उमेदवार निर्वाचित भएका छन । कांग्रेस पार्टीका मेयरका उमेदवार बैधनाथ प्रसाद यादवले कुल ४ हजार २ सय ८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी लोसपाका मेयरका उमेदवार
लीला प्रसाद साहले ३ हजार ३ सय ३२ मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा रहेका माधव नारायणका निबर्तमान मेयर वीरेन्द्र प्रसाद यादवले ३ हजार १ सय ६९ मत प्राप्त गरेका छन ।
उपमेयरमा जसपाकी निर्मला देवि रमन मात्र ११ मतको झिनो अन्तरले निर्वाचित भएकी छिन । रमनले कुल ३ हजार १ सय ६९ मता प्राप्त गरि बिजयी भएकी हुन भने उनको निकटतम प्रतिद्वन्दी लोसपाकी उपमेयर उमेदवार जमुना देविले ३ हजार १ सय ५८ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here