गरुडा,१३ जेठ ।
देवाहीगोनाही नगरपालिकाका नवनिर्वाचित मेयर प्रेमलाल साह र उपमेयर परनिया देवि पटेलले जनमुखी २ वटा निर्णय गरेका छन ।
मेयर साह र उपमेयर पटेल आआफ्नो पदभार ग्रहण गरेपछि नगरबासिलाई मासिक २० युनिट बिधुत निशुल्क गर्ने पहिलो निर्णय गरेका हुन । त्यसैगरी नगरका जनताको स्वास्थ उपचारमा बिशेष सेवा पुर्याउने उदेश्यले नगरपालिकाको लगानीमा अल्ट्रासाउन्ड मेसिन खरिद गरि स्वास्थ केन्द्रमा जडान गर्ने निर्णय गरेका हुन ।जनताले आफुहरु माथी विश्वास गरेर पाँच वर्षको लागि दिएको अवसर लाई सदुपयोग गर्ने मेयर साहले प्रतिबद्धता जनाएका छन । आफू भुमिहिन र निम्नबर्गका परिवार बाट राजनीति सुरु गरेर आज मेयर सम्म आईपुग्दा जनतालाई सर्बोपरी बुझेर काम गर्ने बताए ।
त्यसैगरी दोस्रोपटक उपमेयरमा निर्वाचित हुन सफल परनिया देवि पटेलले आफू नगरपालिकामा महिलाको प्रतिनिधित्व गरिरहेकाले महिला मुखी योजनाहरु ल्याउने तथा अघिल्लो कार्यकालमा अधुरो रहेको कामहरू पुर्ण ईमानदारि साथ पूरा गर्ने बताईन ।