चन्द्रपुर,१६ जेठ ।
चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले आफुले मजदुरको हितमा सक्दो काम गर्ने बताएकाछन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि रौतहट ,ई रिक्सा ईकाई कमिटि चन्द्रपुरको दोस्रो अधिवेसनलाई सम्बोधन गर्दै मेयर काफ्लेले ई रिक्सा मजदुरको हित र ई रिक्सा व्यवस्थित गर्ने काममा आफुले सहयोग गर्ने बताएका हुन ।
सो अधिबेसनले कर्ण बहादुर तामाङको अध्यक्षतामा ८ सदस्यीय कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा राजन कार्की ,सचिवमा दिपेन्द्र चौधरी ,कोषाध्यक्षमा ममता खान ,सदस्यमा भिम बहादुर तामाङ ,सन्त बहादुर कुस्वार ,भिम बहादुर भुजेल ,राजकुमार सुवेदी र गोपाल तिमलसिना रहेकाछन् ।
सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी उप मेयर जयमाला चौधरी ,वडानं ४ का वडा अध्यक्ष रबीराना मगर ,५ नम्बर वडाका अध्यक्ष निलहरी कोईराला ,६ नम्बरका वडा अध्यक्ष सहदेव केसी ,जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख लगाएको अतिथ्यता रहेको थियो । २०७९ जेठ १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here