गौर,१६ जेठ ।
रौतहटको स्थानीय तहका कर्मचारीले सरकारी सवारी साधानको व्यापक दुरुपयोग गर्ने गरेका छन ।
जिल्लाको बृन्दावन नगरपालिकाको वडानं ९ का वडा सचिवले प्रयोग गर्ने गरेको सरकारी मोटर साईकल व्यापक दुरुपयोग भएको स्थानीय बासिन्दाले बताएका छन । वडा सचिव शुभनारायण दासले सरकारी कामका लागि प्रयोग गर्नु पर्ने मोटरसाइकल उनको घरायसी काममा प्रयोग हुने गरेको स्थानीयको भनाइ रहेको छ । उनले सरकारी मोटरसाइकलमा आफन्त बोक्ने ,खेतको काममा प्रयोग गर्ने मिलमा धान कुटाउन प्रयोग गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन । दास मात्रै नभएर रौतहटको अधिकास स्थानीय तहका कर्मचारीले अरु त अरु सरकारी मोटरसाइकल मदिरा सेवन गर्न जाने काममा प्रयोग हुने गरेको छ । २०७९ जेठ १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here