चन्द्रपुर,१६ जेठ ।
सत्ता साझेदार नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालको गृह जिल्ला रौतहटमा बजेट भाषणमा खासै समावेस भएको छैन ।
अर्थ मनार्जन शर्माको बजेट भाषणमा रौतहट समावेस हुन नसकेको हो ।
पुर्व पश्चिम राजमार्ग चार लेनको गर्ने र पुर्व पश्चिम राजमार्गबाट मधेस प्रदेशका जिल्ला सदरमुकाम जानेबाटो स्तर उन्नती गर्ने बाहेकको कुरा बजेट भाषणमा अटाउन सकेन् ।
सरकारका सहभागि रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृह जिल्ला रौतहटमा बजेट भाषणमा नया“ कुरा आउने आशमा रहेका रौतहटका स्थानीय बासिन्दा निरास बनेकाछन् ।
सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ । सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।
६८ वर्ष माथिका लागि सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको छ । अहिले ७० वर्षकाले पाउदै आएका छन् ।
सरकारले स्थानीय तहमार्फत प्रत्येक परिवारलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । उनले विद्युतको पहुच नपुगेका स्थानीय तहमा धुँवामुक्त भान्छाका लागि सुधारिएको चुलो वितरण गरिने जनाए । अर्थमन्त्री शर्माले सहरी क्षेत्रमा लैंगिकमैत्री सार्वजनिक शौचालय बनाइने बताए । उनले वडा तहमा महिला सचेतना, महिला अधिकारका लागि छलफल गर्न महिला सभा आयोजना गरिने पनि जनाएका छन् ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिदै आएको अनुदान हटाउने घोषणा गरेसंगै मूल्य बढ्ने भएको हो । हाल सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैया अनुदान दिदै आएको छ । यससंगै उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्न १८०० रुपैयँ तिर्नुपर्थ्यो । जुन, मूल्य अब बढ्ने भएको हो ।
यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्याँस मुक्त बनाउने भएका छ । ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिनेछ ।
र्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । यसका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ ।
वीरगन्ज, भैरहवा, पोखरालगायतका सहरमा ट्राम यातायात सञ्चालनमा गर्न पनि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । जनकपुर जयनगर रेल यातायात कुर्थासम्म विस्तार गरिने पनि उनले बताए ।
बिर्तामोड–जलेश्वर रेल यातायातको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरिने उनले बताए ।
सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि घरजग्गाको कारोबार गर्न लाइसेन्स आवश्यक पर्ने बताएका हुन् ।
यसका लागि सरकारले आधिकारिक व्यक्ती र कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्ने छ । आगामी वर्ष यो व्यवस्था महानगर र उपमहानगरमा लागू हुने छ र त्यसपछि अन्यत्र लागू हुने बताइएको छ । सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ ।बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभामा आज दिउसो ४ बजेदेखि आगामी वर्षको बजेट प्रस्तुत सुरू भएको थियो । विसं. २०७२ सालमा बनेको संविधानले जेठ १५ गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
यसमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ५० करोड अर्थात ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८०० अर्ब ३८ करोड अर्थात २१ प्रतिशत बजेट विनियोजन भएको छ । यसैगरी, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहका लागि ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत छ ।
विनियोजन बजेटको स्रोतमा राजश्वतर्फबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड र ४ खर्ब ९८ अर्ब रुपैया अपुग हुने छ । जसमध्ये वैदेशिक ऋणमार्फत २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने छ । यस्तै, ऋण सहायता परिचालन गर्दा नपुग २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाइनेछ । २०७९ जेठ १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here