चन्द्रपुर,१८ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी बहुमतले चन्द्रपुर नगरपालिकामा बिभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका रौतहट जिल्ला ईन्चार्ज कुमार राई सहितको टोलीले मंगलबार चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लाई ९ बुंदे ज्ञापनपत्र बुझाएको हो ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा अल्ट्रासाउण्ड लगाएका उपकरण तत्काल संचालन गर्नुपर्ने ,अस्पतालबाट सर्बसाधारण राज्यले तोकेका निशूल्क औषधी दिनुपर्ने माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका रौतहट जिल्ला ईन्चार्ज कुमार राईद्धारा बुझाईएको ज्ञापनपत्रमा चन्द्रनिगाहपुरको थलाई टोलमा हाट बजार तोकिएको स्थानमा तुरुन्त संचालन गर्नुपर्ने ,अनाधिकृत खेतीयोग्य जमिनको प्लटिङ तत्काल रोक्नुपर्ने ,चन्द्रपुर नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयका बेथिती तत्काल बन्द गर्नुपर्ने ,चन्द्रपुर नगरपालिकाले विकासको नाममा निर्माण गर्ने ढल र नालाको समुचित व्यवस्थापन गर्नुपर्ने ,चन्द्रपुर नगरका गांउ बजारमा हुने तथास जुवा तुरुन्त बन्द गर्नुपर्ने ,चन्द्रपुर नगरमा सहरी करणको नाममा पछिल्लो समय साना तथा ठुला होटलमा हुने यौन व्यावस्य तत्काल बन्द गर्नुपर्ने ,चांदी खोला नजिकैका बस्तिबाट ढल सिधै चादे खोलामा हाल्ने काम तत्काल बन्द गर्नुपर्ने ,नगरपालिकामा आंउने सेवाग्राहीको काम सहज हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको हो । २०७९ जेठ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here