गौर,१८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले सरकारले आगामी निर्वाचनमा कार्यकर्ता व्यवस्थापन गर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताए । यो बजेट समग्रमा वितरणमुखी हो । यो बजेट ६ महिना पछाडि हुने निर्वाचनमा कार्यकर्ताहरुलाई इन्गेज गर्न र पैसा बा“ड्न बनाइएको बजेट हो, उनले भने । झाले बजेटमा कुनै नया“ कार्यक्रम नभएको भन्दै बजेट ल्याउने परम्पराले निरन्तरता पाएको बताए ।
देश भएपछि एउटा संसद हुनुपर्ने, सरकार हुनुपर्ने र प्रत्येक वर्ष एउटा बजेट ल्याउनुपर्ने विश्वव्यापी परम्परा र मान्यतालाई अनुसरण गर्दै यसपटकको बजेट पनि ल्याइएको हो, उनले भने । बजेटले नदीजन्य समस्या समाधान र प्राकृतिक विपत्ति न्यूनीकरणको गम्भीर सवाललाई सम्बोधन गर्न नसकेको टिप्पणी गरे ।
पशु बीमा र कृषि बीमा कार्यक्रम २० प्रतिशत पनि लागू हुन नसकेको भन्दै झाले बजेटमा लेखिएका नारा कार्यान्वयन गरेर देखाउन अर्थमन्त्रीलाई चुनौती दिए । २०७९ जेठ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।