मौलापुर,१८ जेठ ।
रौतहट जिल्लामा पछिल्लो समय विद्युत चोरी तिब्र रुपमा बढदै जान थालेको छ । जिल्लाका ग्रामिण भेगमा हुकिङ गरेर बिजुली बाल्नेको संख्या बढदै जान थालेको छ । यसै क्रममाा नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रबाट खटी गएको प्रहरी सहितको टोलीले विद्युत चुहावट गर्ने विभिन्न सामान बरामद गरेको छ । विद्युत चोरी कार्यमा लाग्ने बिभिन्न समान समेत प्रहरी सहितको टोलीले बरामद गरेको हो विद्युत चुहावट बढेको भन्दै सुचना आउन थाले पछि प्राधिकरण मौलापुर प्रमुख संदिप कुमार दासले त्यस्तालाइ कार्यवाही गर्ने बताउदै चुहावट नियन्त्रण टोलीलाइ खटाएका हुन् । इलाका प्रहरी कार्यालय देवाहीगोनाही,सशस्त्र प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोलीले चोरीमा प्रयोग भएका समनहरु बरामद गरेको हो ।
सो टोली मौलापुर वितरण केन्द्र अन्तर्गतको विभिन्न स्थान तथा देवाहीगोनाही ननगरपालिका अन्तर्गतको गाउमा पुगेको थियो । चुहावट नियन्त्रण टोलीले सो स्थानहरुबाट मोटर ८ थान,१ थान फ्रीज र हुकिंङवायर नियन्त्रणमा लिएको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख दासले जानकारी गराएका हुन् ।
मौलापुरको क्षेत्रमा मात्र नभएर जिल्लाका बिभिन्न स्थानमा पछिल्लो समय विद्युत चोरी गरेर बाल्नेको संख्या बढ्दै गएको भएपछि सम्बन्धीत निकायले चासो नलिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाको मातहतमा रहेका गांउ टोलमा समेत व्यापक रुपमा हुकिङ गरेर बिजुली बाल्ने गरेको भएपनि सम्बन्धीत निकायको ध्यान जान सकेको छैन । २०७९ जेठ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।