रौतहट,१८ जेठ । राष्ट्रिय युवा परिषद्ले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज ९अथक० को अध्यक्षतामा बसेको परिषद्को बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।
राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लाहरूमा परिषद् ऐनको दफा ११ को उपदफा २ ९क० बमोजिम अध्यक्ष नियुक्त गरिएको छ । नियुक्त हुनेहरूमा हिक्मत बहादुर शाही दैलेख, सुजन राइ सोलुखुम्वु, पासाङ निमु शेर्पा संखुवासभा, चेत प्रसाद बोलखे रौतहट, टिका भुर्तेल नवलपुर,सुजन लिम्बु ताप्लेजुङ, समिक शेरचन मुस्ताङ, युवराज दाहाल झापा, आविस्कार क्षेत्री, स्याङ्जा, भक्त बहादुर थापा बर्दिया, नवराज कार्की मुगु, सञ्जय कुमार दास सप्तरी र चक्र बहादुर रावल जुम्ला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here