चन्द्रपुर,१९ जेठ ÷रौतहटको चन्द्रपुर नगर कार्यपालिकाको निर्वाचन बुधबार सम्पन्न भएको छ । कार्यपलिकाको अन्तिम मत परिणाम अनुसार चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले बहुमत बनाएको छ । चन्द्रपुर नगरपालिकाको कार्यपालिकामा १४ सिट प्राप्त गरेको छ भने नेकपा माओबादीले ४ जना र नेकपा एमालेले २ सिट हात पारेको छ । बुधबार भएको कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेसले ८ सिट मध्ये ७ मा जित हासिल गरेको छ भने १ सिट नेकपा माओबादीले जितेको छ ।
बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनेहरुमा नेत्र कुश्वार,कल्याण कुश्वार,कल्पना राई,मरछिया देबी,बबिता देबी सहनी,सुशिला पाण्डे हिमकला राना रहेको चन्द्रपुर निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत बद्री बहादुर कार्कीले जानकारी दिएका छन । यसैगरी नेकपा माओबादीबाट कार्यपालिकामा जय प्रकाश नारायण मुखिया निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले बताए ।नेपाली कांग्रेसले नगर प्रमुख र उप प्रमुख र ५ वटा वाड जितेको छ भने नेकपा एमालेले २ वटा र नेकपा माओबादीले ३ वटा वाडमा जित हासिल गरेको छ । २०७९ जेठ १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here