चन्द्रपुर,१९ जेठ/ रौतहटको विद्युत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगाहपुरका कर्मचारीहरुको लापरवाहीका कारण विद्युत आपुर्तिमा अनियमिता आएको छ । विगत केही दिनदेखि चन्द्रनिगाहपुर क्षेत्रमा विद्युत आपुर्ति नियमित नहुदा स्थानियले सास्ति खेप्नु परेको छ । विद्युत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगाहपुरका कर्मचारीहरुको लापरवाहीका चन्द्रनिगाहपुर क्षेत्रका स्थानियहरुले घण्टामा ३ देखि ४ पटकसम्म विद्युत आपुर्तिमा आउने जाने हुने गरेको चन्द्रपुर नगरपालिका वाड नं. ३ का विजय तामाङको गुनासो रहेको छ ।
दिनभरी नियमित विद्युत आपुर्ति हुने भएतापनि साझ र विहान भने विद्युत नियमित आपुर्ति नभइ छिनछिनमा काटिने गरेको स्थानिय टंक गौतमले बताउनु भयो । साझ र बिहान विद्युत काटिदा बिशेष गरि सर्वसाधारण नागरिकहरु पिडित भएका छन । केही दिन यता चन्द्रपुर नगर क्षेत्रमा विद्युत अनियमित हुदा स्थानियले आक्रोस ब्यक्त गर्न थालेका छन । बर्षा र विद्युत आपुर्तिको लोड बढी हुन गई प्राविधिक गडबढी हुने हुदा फयुज झर्ने गरेका कारण विद्युत आपुर्तिमा समस्या आएको विद्युत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगाहपुरले जनाएको छ ।उता विद्युत प्राधिकरणले महसुल बुझाउने काउन्टर अपायक पर्ने ठाउमा सारेपछि विद्युत महसुल तिर्न जाने ग्राहकहरुलाई मर्का परेकोछ ।
विद्युत प्राधिकरणका प्रमुखले आर्थिक लेनदेनका कारण चन्द्रपुर हस्पिटल नजिक रहेको महसुल शाखालाई चन्द्रपुर ६ बजार भित्र एकान्तमा पु¥याएका कारण ग्राहकहरुलाई समस्या परेको राजेश पंडितले बताए । हाकिमले कमिशनको चक्करमा ग्राहकहरुलाई दुःख दिने काम गरेको बताए । कि विद्युत प्राधिकरणले आफ्नो घर बनाउनु प¥यो । होइन भने गल्ली, एकान्तमा विद्युत महसुल बुझाउने काउण्टर राख्दा सुरक्षाको समेत जोखिम बढेको बताए । २०७९ जेठ १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here