चन्द्रपुर,२० जेठ ।
चन्द्रनिगाहपुरको मुख्य चोकको नाला साफ नगरे आवका दिनमा हुने बर्षामा मुख्य चोनै जलमग्न हुने स्थानीय बासिन्दाको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वडानं ४ को मुख्य चोकको गैडाटार जाने बाटोबाट आउने नालाको पानी मुख्य चोकको ह्युमपाईपबाट नछिर्ने गरेका कारण हरेक बर्ष मुख्य चोक डुवानमा पर्ने गरेको छ ।
बर्षाको समय भन्दा पहिलानै सो स्थानको ह्युमपाईप सफा गर्ने तिर जनप्रतिनिधिले चासो लिनुपर्ने स्थानीय रिक्सा चालक केदार प्रसाद तिमलसिनाको भनाइ रहेको छ । बर्षाको समय भन्दा पहिलानै सो स्थानको नाला तथा ह्युमपाईप सफा नगरे फेरी यो बर्षको बर्षामा समेत चन्द्रपुरको मुख्य चोक डुवानमा पर्ने स्थानीयको भनाइ रहेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले यस्तो बिषयमा चासो नलिएका कारण यस्तो कुरामा नव निर्वाचित जनप्रतिनिधिले चासो लिनुपर्ने स्थानीयको भनाइ हो । गैडाटार जाने बाटो बाट आउने नालाको माथि स्थानीय घरधनीले ठेलावालालाई भाडामा लगाएका कारण ठेलावालाले सबै फोहोर ह्युमपाईको भित्र फाल्ने गरेका कारण बर्षायाममा पानी सहजै पास नभएर सडकबाट बग्ने गरेको छ । नाला सफा गर्ने तर्फ आफुले समयमै चासो दिने चन्द्रपुर ४ का वडा अध्यक्ष रबीराना मगरको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाले चन्द्रपुर ४ को मुख्य चोकको फलफुल तथा तरकारी बजार तत्काल व्यावस्थान नगरे सम्म सो स्थानको नालाबाट पानी सहज रुपमा निकास नहुने स्थानीय बासिन्दा रामहरी श्रेष्ठको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले सबै भन्दा पहिला चन्द्रपुर नगरपालिकाको मुख्य चोकको नाला तथा अवेविस्थत फुटपाथ व्यापारलाई व्यावस्थित गर्नुपर्ने स्थानीयको माग रहेको छ । चन्द्रपुर नगरपालिका मेयर संजय कुमार काफ्लेले आफुले तत्काल नाला सफा गर्ने ,फलफुत तथा तरकारी बजार र अव्यवस्थित ठेला व्यापारलाई व्यावस्थित गर्ने बताएका छन् । उनले बस पार्कका कारण समेत मुख्य चोक कुरुप भएका कारण बस रोक्ने स्थान समेत परिवर्तन गर्ने जानकारी दिएकाछन् । उनले चन्द्रपुरको सुन्दरता कायम गर्नका लागि आफुले कुनैपनि कसर बांकी नराख्ने जानकारी दिएकाछन् ।
२०७९ जेठ २० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here