लालबन्दी,२४ जेठ ।
गेलभेँडाको शहर भनेर चिनिने सर्लाहीको लालबन्दी बजारबाट एक महिनामा १९ करोडको तरकारी निकासी भएको छ ।
कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार गएको वैशाख महिनामा यहाँबाट १८ करोड ९९ लाख ४० हजार ६३० रुपैयाँको तरकारी निकासी भएको हो ।
गोलभेँडा मात्रै ९ करोड ४७ लाख ४३ हजारको निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोडभेँडा रहेको छ भने गोलभेँडापछि बोडी निकासी भएको छ ।
बोडी एक करोड ९४ लाख ७९ हजार रुपैया“को निकासी भएको व्यवस्थापक घिमिरेले बताए । गोलभेँडा, बोडीसँगै यहँबाट खुर्सानी, भान्टा, करेला, सिमी, घिरौँला, काँक्रोलगायतका तरकारी निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरनबहादुर मगराती मगरले जानकारी दिए ।
किसानले लालबन्दी बजारमा ल्याएर बेच्ने तरकारी सर्लाहीको विभिन्न हाट बजारसहित काठमाण्डौं, वीरगञ्ज, नारायणगढ, पोखरा, जनकपुर, सिन्धुलीलगायत देशका प्रमुख शहरहरुमा निर्यात हुने गरेको मगरले बताए।
लालबन्दीसहित हरिवन, ईश्वरपुर, बरहथवा, बागमती, चन्द्रनगर, हरिपुर, कविलासीसहित विभिन्न पालिकाका किसान र छिमेकी जिल्ला महोत्तरीका किसानले समेत लालबन्दी बजारसम्म ल्याएर तरकारी बेच्ने गरेका छन्। बेमौसमी तथा मौसमी तरकारी बेचेरै यस क्षेत्रका किसानले आफ्नो जीविकोपार्जन गर्दै आइरहेको किसानहरु बताउछन् ।