अशोक पहाडी
चन्द्रपुर,२७ बैशाख । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा हाकिमको फेरबदलसंगै कार्यालय पनि फेरीने गरेको छ ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर प्रशाखाबाट शाखा कार्यालय भएपछि मात्र सो कार्यालयको अफिस तीन ठांउमा सरेको छ । हाकिमले कमिशनको चक्करमा कार्यालयनै सार्ने गरेको स्वयम कर्मचारीको भनाइ रहेको छ । सबै भन्दा पहिला चन्द्रनिगाहपुरको मुख्च चोकमा रहेको विद्युतको कार्यालय चन्द्रपुर अस्पतलको छेउहुदै यतीबेला दुरदराजमा सरेपछि उपभोक्ता मारमा परेकाछन् ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखको अफिस यतीबेला चनद्रनिगाहपुर ५ मा पुगेको छ । प्राधिकरणको आफ्नै भवनमा नेपाली सेना बसेपछि चन्द्रनिगाहपुर आउने विद्युतका हाकिमको पहिलो काम कार्यालय सार्ने भएको छ ।
आम उपभोक्ताले थाहा नपाउने ठाउमा विद्युतको अफि सरेको भन्दै यस क्षेत्रका विद्युत उपभोक्ता मारमा परेकाछन । सर्बसाधारण एक दिन हिजोआज विद्युत अफि खोज्नमै जाने गरेको छ ।
यता नेपाल विद्युत प्राधिकरण मिटर रिडर संघर्ष समितिले आन्दोलनको चेतावनी दिएको छ ।
प्राधिकरण कार्यालयबाट अपमानपूर्ण व्यवहार भएको भन्दै संघर्ष समितिकले आन्दोलनको चेतावनी दिएको हो ।
नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयलाई संघर्ष समितिका अध्यक्ष रामनाथ महतो र सचिव सुरेन्द्र अरगरियाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
लामो समयदेखि प्राधिकरणले मिटर रिडरमाथि विभेद गर्दै सेवासुविधाबाट वञ्चित गरेको संघर्षसमितिको आरोप छ । लामो समयदेखि कार्यरत रहेर विद्युत प्राधिकरणको हरेक कामकाजमा उत्साहपूर्ण र सक्रिय सहभागी भए पनि मिटर रिडरलाई बेवास्ता गर्दै आएको उनीहरुको भनाइ छ ।
पटकपटक आफ्ना मागबारे ध्यानाकर्षण गर्दा पनि सम्बन्धित निकायले समाधानका लागि चासो नदेखाएकाले सात दिनभित्र माग सम्बोधन गर्न उनीहरुले अल्टिमेटम दिएका छन् । ध्यानाकर्षण पत्रमा विगत १५ वर्षदेखि विद्युत प्राधिकरणमा कार्य गर्दै आए पनि प्राविधिकरुपमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित गरेको उल्लेख छ । हामी मिटर रिडरलाई विभेद गरी गोटे ठेक्काका मान्छे हुन् भनि दुस्प्रचार गरियो ।
हामीले यस प्राधिकरणमा गरेको योगदान र श्रमको खिल्ली उडाइयो, कुनै मूल्यांकन समेत भएन, ध्यानाकर्षणपत्रमा भनिएको छ ।
माग पूरा नभए आगामी असार १ गतेबाट चरणबद्धरुपमा आन्दोलनको कार्यक्रम अघि बढाउने संघर्ष समितिले चेतावनी दिएको छ । २०७९ जेठ २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here