अशोक पहाडी
रौतहट,२७ जेठ ।
रौतहट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ ।
ईशनाथ नगरपालिका ४ मा दुई पक्ष बिच झडप भएको र त्यस पछि बाटोमा फालिएको अवस्थामा कटुवा पेस्तोल फेला परेको हो ।
स्थानीयले झगडा भएको ठाउमा पेस्तोल फेला परेको बताएपछि प्रहरीले सो नलकटुवा पेस्तोल बरामद गरेको हो । प्रहरीले शंकाको आधारमा जिल्लाको ईशनाथ नगरपालिका ४ का ३० बर्षिय रामबाबु सिंह भारतको बिहार राज्यको पर्साग्राम घर भएका ४० बर्षका कृष्ण साह लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिएकाछन । पेस्तोल कस्ले बाटोमा फाल्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको यादवको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here