कटहरिया,२८ जेठ ।
यस पटक २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरियाका केही उम्मेद्वारले आफैँले आफैँलाई समेत भोट हालेनन् । अर्थात आफैँलाई पत्याएनन् र उनीहरुले शून्य मत प्राप्त गरेका थिए । न त उनीहरूले उम्मेद्वारी फिर्ता लिए न आफैँलाई मतदान गरे ।
२०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको कटहरियाका तेतीस जना उम्मेद्वारको शून्य मत रहेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ । १५ जना मेयर सत्र जना वडाध्यक्ष र एक जना वडा सदस्यका उम्मेद्वारले शून्य मत प्राप्त गरेको देखिएको छ । ती सबै उम्मेद्वारहरुले आफैँलाई मतदान गर्न बिर्सिए ।
निर्वाचन आयोगको तथ्यांकको अनुसारमा मेयरमा मणिशंकर प्रसाद साह,प्रमोद कुमार गुप्ता,फेकु कुमार यादव,विरेन्द्र प्रसाद कलवार,पुस्पेन्द्र कुमर साह,करण कुमार यादव,शशिकपूर प्रसाद कुशवाहा,शम्भु साह तेली,संजय सहनी मलाह,गौरीशंकर प्रसाद साह,गगन देव ठाकुर लोहार,चन्द्रोदयनारायण साह निराला,सरोज कुमार जयसवाल,निरन्जन यादव,रामबलिष्टर प्रसाद यादवले उम्मेद्वारी दिएकोमा मत शून्य आयो ।
यस्तै वडा अध्यक्षहरुमा कटहरिया वडा नम्बर २ का उम्मेदवारहरु भोला महतो कहार,लक्ष्मी राउत बरै,नागेन्द्र गिरी,वडा नम्बर ३ का उम्मेदवार विजुली साह बनिया,वडा नम्बर ५ का उम्मेदवार रवि कुमार साह,वडा नम्बर ६ का उम्मेदवार बुनी साह कलवार,रामप्रवेश महतो,संजय कुमार यादव,वडा नम्बर ७ का लोसपाका वडा अध्यक्ष उम्मेदवार योगेन्द्र साह,प्रवेज आलम,हरिनारायण साह तेली,वडा नम्बर ८ का उम्मेदवार भुखल राय यादव,रामाकान्त राय,धर्मेन्द्र प्रसाद यादव,प्रविन कुमार यादव,सागर विक्रम साह र वडा नम्बर ९ का उम्मेदवार किशोर राय यादवको मत शून्य देखिएको छ ।
यस्तै वडा नम्बर ४ का वडा सदस्यका स्वतन्त्र उम्मेदवार संजय प्रसाद यादवले पनि आफैलाई मतदान गरेनन् । जिल्लामा यस्ता डमी उम्मेदवारको संख्या धेरै थियो ।