चन्द्रपुर,२९ जेठ ।
तीन बर्षमा काम सम्पन्न गर्नुपर्ने चन्द्रनिगाहपुर स्थित चादी खोलामा बन्दै गरेको पुल ९ बर्ष पुग्न लाग्दा समेत बन्न सकेको छैन । चादी खोलामा शिबशंकर पप्पु जेभिले पुल समयमा नबनाउदा हरेक बर्ष गैडाटारबासीले बाढीमा परेर ज्यान गुमाउनु परेको छ । चादी खोलाको पुल समयमा बनाउन माग राख्दै रौतहट क्षेत्रनं ४ का संघिय सांसद देवप्रसाद तिमलसिनाले पटक पटक सांसदमा कुरा उठाउदै आएकाछन् । चादी खोलाको काम समयमा नगर्ने ठेकेरलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पटक पटक म्याद थप गरेका कारण ठेकेदारको मनोमानी बढेको चन्द्रपुर ३ का वडा अध्यक्ष रबी देवकोटाको भनाइ रहेको छ ।
पप्पु कन्ट्रक्ससन यतीबेला आफै टाट पल्टेको र पप्पुसंग मिलेर चादी खोलामा पुल बनाउन ठेक्का दिएका गरुडाका ठेकेदार दयाराम साह समेत आर्थिक रुपमा टाट पल्टेका कारण पुल समयमा नबनेको जानकारहरुको भनाइ रहेको छ ।
स्थानीयले सो पुलको काम चाडे सक्नका लागि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई दवाव दिएको भएपनि सो कार्यालयले चाडो काम गर्नका लागि ठेकेदारलाई दवाव नदिएको गैडाटारका स्थानीय बासिन्दा राजु धामीले बताए ।
हरेक बर्षा याममा गैडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा चादी खोलाले बगाएर मान्छेको ज्यान जाने गरेको भएपनि पुलको काम चाडो गराउन सम्बन्धीत निकायले चासो नदिएको धामीको भनाइ रहेको छ । २०७९ जेठ २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here