अशोक पहाडी
गौर,२९ जेठ ।
ठेकेदार कम्पनीले समयमा पुल नबनाएका कारण रौतहटको टिकुलिया घाटमा स्थानीयले हिउदमा बांसको पुल प्रयोग गरेको र बर्षामा डुंगा चढेको कर तिर्नुपर्ने बध्यता रहेको छ । आठ बर्ष पहिला पप्पु कन्टङक्सनले पुल बनाउन ठेक्का लिएकोमा हाल सम्म सो स्थानमा पुल नबनेका कारण बर्षायाममा स्थानीयले जोखिम मोलेर डुंगामा वारपार गर्नुपर्ने बाध्यता रहेको छ । जिल्ला सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टिकुलिया घाटको लाल बकैया खोलामा पुल समयमा निर्माण नहुंदा सर्वसाधरण बांसको पुल तरेको कर डुगा चढेको कर तिर्नुपर्ने बाध्यता रहेको छ । बर्षाको समयमा डुंगामा वारपार गर्दा स्थानीयले जोखिम रहेको स्थानीयको भनाइ रहेको छ । दुई वटा डुंगा तल राखेर माथि बांस राखेर बनाईएको पुलबाट दैनिक मान्छेका अलावा सवारी साधानको समेत र तिर्नुपर्ने बाध्यता रहेको छ ।
पुल भएर ओहोरदोहोर गर्ने मोटरसाइकलको ५० रुपैया, साइकलको २० देखि २५ रुपैया, पैदलयात्रीको १० रुपैयासम्म उठाउने गरिएको स्थानीय बासिन्दा संजय सहनीले बताए ।
उनीहरुले पुल तरेर आउने सर्वसाधरणसंग पैसा उठाउने गरेका छन् । तर पैसा उठाए वापत उनीहरुले रसिद भने दिने गरेका छैनन् । सर्वसाधरणसँग पैसा उठाइरहेका एक व्यक्तिले आफुहरुले बांसको पुल मर्मत तथा रेखदेख गर्न रातभर मानिसहरु खटाउनु पर्ने भएकाले सो वापत रकम उठाएको बताए ।
बासे पुल तरे वापत शुल्क उठाउने बारेमा नगरपालिकालाई कुनै जानकारी नभएको इशनाथ नगरापलिकाका प्रवक्ता अर्जुन सिंहले बताए ।
सो खोलामा निर्माणाधिन पक्की पुलको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते शिलान्यास गरेका थिए । वि.सं २०७१ असारमा वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले करिब १४ करोड ९२ लाख २७ हजार १५० रुपैयांमा ठेक्का लिएको पुलको काम समयमा सम्पन्न नहुदा सर्वसाधारणलाई आवत जावतमा समस्या भएको हो । पप्पु कन्स्ट्रक्सनल २०७४ असार २५ भित्र काम सक्ने सम्झौता गरेको थियो । तर निमार्ण सुरु गरेको ८ वर्ष भइसक्दा पनि करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
७ वटा पिल्लर सहित कुल २ सय २५ मिटर लम्बाइ, ७.२ मिटर चौडाइको रहेको सो पुल समयमै निमार्ण सम्पन्न नगरेर पप्पु कन्ट्रसनले आलटाल गरिरहेको थियो ।
समयमै निर्माण सम्पन्न नगरेको भन्दै २०७९ जेठ १० गते एक सुचना प्रकाशित गरेर सडक डिभिजन कार्यालयले पप्पु कन्ट्रसनसंगको ठेक्का रद्ध गरेको छ ।
२०७५ भदौ ०९ गते सोही स्थानमा भएको ढुंगा दुर्घटनामा ५ जना स्थानीयले ज्यान गुमाएका थिए । स्थानीयले सो स्थानमा निर्माणाधिन पुलको काम चाडो भन्दा चाडो बनाउनुपर्ने बताउदै आएकाछन् ।
टिकुलिया घाटको पुल चाडो बनाउनका लागि आफुले समबनधीत ठाउमा पहल थाल्ने गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको भनाई रहेको छ । २०७९ जेठ २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here