गौर,३० जेठ । रौतहट सहित नेपाली बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाले महँगिएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आइतबारदेखि चिनीको मूल्य प्रतिकिलो बढेर १०५ रुपैयँसम्म पुगेको हो । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ ।
भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउंदा त्यसको प्रभाव नेपाल परेको व्यापारीहरुको भनाइ रहेको छ । थोक व्यापारीले चिनी लुकाएपछि बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयादेखि ११० रुपैयासम्म कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here