चन्द्रपुर,३१ जेठ । चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले समयमा विद्यालय नआउने शिक्षक शिक्षिकालाई कार्वाही गर्ने चेतावनी दिएकाछन् ।
सोमबार उनले आफ्नो वडाको ३ वटा विद्यालयको अनुगमन गरेका थिए । उनले अनुगमनका क्रममा केही शिक्षकहरु नियमित रुपमा पढाउन लागि विद्यालय नआउने गरेको पाईपछि त्यस्तो चेतावनी दिएका हुन ।
बसन्त आधरभुत विद्यालय बसन्तपुरमा दुई जना थाइ शिक्षक नियमित रुपमा विद्यालय नआउने गरेको पाईएपछि वडा अध्यक्ष चौधरीले उनीहरु नियमित रुपमा विद्यालय आउन चेतावनी दिदै नआए नियम अनुसार कार्वाही हुने चेतावनी दिएका थिए । सो विद्यालयमा बहु कक्षा संचालनमा रहेको र अवका दिन त्यसरी बहुकक्षा संचलान नगर्न समेत प्रधानाध्यापक राजेन्द्र चौधरीलाई निर्देशन दिएका थिए ।
सो विद्यालयको बाहिर बर्षाको पानी जमेका कारण बालबालिकालाई समस्या भएको पाईएपछि वडा अध्यक्ष चौधरीले तत्काल सो स्थानमा माटो हाल्न निर्दैशन दिएको प्रधानाध्यापक राजेन्द्र चौधरीले बताए ।
वडा अध्यक्ष चौधरीले सोमबार दलित प्रावी बेतौना ,बालकल्याण आधारभुत विद्यालय सन्तपुरमा गएर विद्यालयको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
चौधरीले आफ्नो प्राथमिकतानै शिक्षा क्षेत्र भएका कारण आफ्नो वडामा रहेका सामुदायिक विद्यालयहरुले शिक्षामा हेल्चेक्रायाइ गरेमा नियम अनुसार उनीहरु माथि कार्वाही हुने चेतावनी दिएका थिए ।