काठमाण्डौ,८ असार ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् ।
विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था)को कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने । नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरुसंग बिहे गर्न मान्न छाडेको उनको भनाइ छ । भारतका सजातीय केटीहरु अब नेपालमा बिहा गर्न मान्दैनन् ।
यसको समाधान कसरी हुन्छ ? राज्यले त्यसको व्यवस्था के गर्न सक्छ ? नेता झा को सरकारलाई प्रश्न छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ ।
७ बर्षसम्म राजनीतिक अधिकार बाहेकको अधिकार प्राप्त गर्ने गरी आवासीय अनुमति पत्र दिने व्यवस्था पनि छ । यो व्यवस्था सहितको नागरिकता विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा छ । नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकलाई अगाडि बढाउने तयारी सरकारले गरिरहेका बेला नेता झाले नागरिकता विधेयकलाई जतिसक्दो छिटो टुंग्याउनुपर्ने बताएका छन् । तर, उनले विदेशी बुहाीलाी ७ बर्षपछि मात्रै नागरिकता दिने प्रस्तावित व्यवस्थाको विरोध गरेका छन् ।