गौर,९ असार । बुधबार दिनभरी रौतहटका सामाजिक संजाल प्रयोगकर्ताले गौर नगरपालिका पुर्व मेयर अजय कुमार यादव र केपी ओलीको फोटो पोष्ट्याउन भ्याए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा एमालेका नेता तथा हालका नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल संग ३३८ मतले पराजित भएका गुप्ता २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा गौरको मेयरमा विजयी भएका थिए ।
लोकतान्त्रीक समाजवादी पार्टीमा महासचिव समेत रहेका गुप्ता सोही पार्टीबाट गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका शम्भु साह संग पराजित भएपछि भएको डेड महिना गुमनाम जस्तै भए । बुधबार दिउसो समाजिक संजाल फेसबुकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसंगको तस्बिर आएपछि रौतहटमा उनको चर्चा फेरी सुरु भएको छ ।
उनले नेकपा एमालेका अध्यक्ष ओलीसंग साउन २३ गौरमा बिशाल सभा सहित एमाले पार्टीमा प्रवेस गर्ने छन् । उनले आफुसंगै लोकतान्त्रीक समाजवादी पार्टीका अहिले प्रदेशसभा सदस्यहरु सहित पार्टी प्रवेस गर्ने चर्चा चलेको छ । केपी ओलीसंगको तस्बिर समाजिक संजालमा आएपछि उनले तराई एक्सप्रेससंग भने म हजारौ मान्छे सहित एमालेमा प्रवेस गर्दैछु ।
गौरको मेयरमा गुप्ता पराजित भएपछि १ नम्बर क्षेत्रमा कमजोर रहेको एमालेको अवस्था सुर्धानका लागि एमालेका केही नेता गुप्तालाई एमाले प्रवेस गराएर आउने प्रतिनिधिसभाको निर्वाचनमा उनलाई फेरी एक पटक माधव कुमार नेपालसंग चुनाव लडाउने अभियानमा रहेका थिए । रौतहट क्षेत्रनं १ मा अव नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा गुप्ताको उम्मेदवारी पक्का जस्तै भएको नेकपा एमालेका एकजना जिल्ला नेताले तराई एक्सप्रेसलाई बताए । २०७९ असार ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here