बृन्दावन,९ असार । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रविन्द्र प्रसाद साहले अदालतको आदेशको अपहेलना गरेको पाइएको छ । सो वार्डमा तराई–मधेस समृद्धि परियोजना अन्तर्गत करिब मिटर पक्कि ढलान तत्काल नगर्न नगराउन उच्च अदालत जनकपुरको बिरगंज बेन्चले दिएको अन्तरिम आदेशको अवज्ञा गर्दै उनले सो कामलाई निरन्तरता दिएका हुन् । सो योजना मिति २०७८ माघ २४ गते को शिवाजी महत्तो अध्यक्षतामा उपभोक्ता समितिले वृन्दावन नगरपालिकासंग सम्झौता गरेर काम सुरु गरेका थिए । उक्त समितिले कुल वजेटको सो योजना अन्तर्गत को वेशको माटो तथा ग्राभेलको काम सकिसकेका थियो रु । उपभोक्ता समिति र नगरपालिकाको सम्झौता मिति असार ३० गतेसम्म रहेको तर बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पछि एकिकृत समाजबादी पार्टीबाट निर्वाचित भएर आएका वडाध्यक्ष साहले पुरानो समितिलाई काम गर्न रोकेर आफ्ना मान्छेलाई काम गर्न दिए पछि आफुहरु न्यायको लागि अदालत गएको समितिका अध्यक्ष ले बताए । अदालतले समितिको पक्षमा फैसला गर्दै तत्काल ढलानको काम नगर्न नगराउन अन्तरिम आदेशक जारी गरेपनि वडाध्यक्ष साहको इशारामा ढलानको काम जारी राखेको उनको भनाइ छ । वडाध्यक्ष साहले आफु अदालत भन्दा ठुलो हु भन्ने घमण्ड देखाउंदै त्यस्ता अन्तरिम आदेशले केही फरक नपर्ने भन्दै कानुन विपरित काम गराइरहेकाले आफुहरु फेरि अदालतको अपहेलनाको मुद्दा लिएर अदालत जाने तयारी गरिरहेको पुरानो उपभोक्ता समितिले जनाएको छ । २०७९ असार ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here