चन्द्रपुर,९ असार । नेकपा एमाले रौतहटको चन्द्रपुर नगर कमिटिले आफनो नगर क्षेत्रका प्रदेश कमिटि सदस्य र जिल्ला कमिटि सदस्यलाइ कार्वाहीको सिफारिस गरेको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टी हित बिपरित काम गर्ने वा पार्टी छाडेर जानेलाइ चन्द्रपुर नगर कमिटिले कार्वाहीको सिफारिस गरेको हो । गत सम्पन्न नगर कमिटिको बैठकले चन्द्रपुर नगर क्षेत्रका ४ जना प्रदेश कमिटि सदस्य र ३ जना जिल्ला कमिटि सदस्यलाइ कार्वाहीको सिफारिस गरेको हो ।
कार्वाहीको सिफारिसमा पर्नेहरुमा मधेश प्रदेश कमिटिका सदस्य तुलसीराज गिरी,कृष्ण प्रसाद तिमलसिना,राजु धामी र शारदा हुमागाइ रहेको नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिब प्रसाद आचार्यले जानकारी दिएका छन ।
गिरी यस अघिका नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष हुन । गिरी लगायतले चुनाबमा आफु अनुकुल चन्द्रपुर नगरपालिकामा उमेदवार नभएको भन्दै नेकपा एमाले परित्याग गरेको घोषणा गरेका थिए ।
यसैगरी ३ जना जिल्ला सदस्यलाइ पनि चन्द्रपुर नगर कमिटिले कार्वाहीको सिफारिस गरेको छ । कार्वाहीको सिफारिस पर्ने जिल्ला सदस्यहरुमा अच्चुत हुमागाइ,उत्तर बहादुर थापा र अरुण पासवान रहेको नगर अध्यक्ष आचार्यले बताए ।
थापा चुनाबमा चन्द्रपुर ३ मा वाड अध्यक्षमा टिकट नपाएको भन्दै नेकपा माओबादीमा प्रवेश गरेका थिए भने हुमागाइले चन्द्रपुर ८ मा आफनै उमेदवार बिरुद्ध स्वतन्त्रमा उमेदवारी दिएका थिए ।
यस्तै नेकपा एमाले पार्टी छाडनेहरुमा चन्द्रपुर नगर कमिटिका सचिब बिनोद चौधरी पनि रहेका छन । उनले पनि आफनो उमेदवार बिरुद्ध स्वतन्त्रलाइ सहयोग गर्दै आएका थिए ।पार्टी बिरुद्ध लागेका नगर कमिटिका सदस्यहरुलाइ पनि पार्टीको निति अनुसार कार्वाही गर्ने आचार्यले बताएका छन ।
सोही बैठकले चन्द्रपुर नगरपालिकाको नेकपा एमालेको सचिबमा राम सिंहासन यादब मनोनित गरेको छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको आइतबार बसेको बैठकले यादबलाइ नगर कमिटिमा मनोनित गरेको हो । यस अघि यादब नगर कमिटिका उप सचिब थिए । नेकपा एमाले चन्द्रपुरले चुनावको बेला पार्टीलाई धोकादिने अरु पनि कार्वाहीमा पर्ने बताएको छ । २०७९ असार ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here