अशोक पहाडी
चन्द्रपुर,१० असार ।
रौतहटको चुरे क्षेत्रमा रहेको बस्तिलाई मध्यनजर गर्दै धमाधम पक्की संरचना बनाउंदा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यान जान सकेको छैन् । चुरेको पानी ढलोभन्दा तल्लो भाग रौतहट जिल्लामा पर्ने भन्दै सरकारले चुरे संरक्षका लागि करोडौ रकम खर्च गर्ने गरेको भएपनि सुकुम्बासीको नाममा चुरे अतिक्रमण गरेर बसेकाहरुको सहजताका लागि मकवानपुरको बकैया गांउपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाले चुरेमै पक्की बाटो निर्माण गरेकाछन् ।
चुरे अतिक्रमण गरेर बसेको बस्तिका बासिन्दाका लागि बकैया गांउपालिका वडानं १ ले ढलान बटो बनाउदै गरेको भएपनि त्यस तर्फ डिभिजन वन कार्यालयको ध्यान जान सकेको छैन् ।
एकातिर राज्यले चुरे संरक्षणका लागि करोडौ बजेट खर्च गर्ने र रौतहटको चन्द्रपुर नगरपालिका र मकवानपुरको बकैया गांउपालिकाले सोही क्षेत्रमा पक्की सडक लगाएतका संरचना बनाउदा चुरे बिनास अझै बढदै जाने जानकारहरुको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाको वडानं ३ ले चुरे क्षेत्रका बासिन्दाको सहजताका लागि भन्दै चुरेमा डोजर चलाएर ग्रबेल बाटो बनाइदिएको छ । अर्को तिर बकैया गांउपालिकाले रौतहटको पानीढलो भन्दा तलको बस्तिलाई मध्यनजर गरेर पक्की सडकनै बनाउदै गरेको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले आफु भर्खरै सरुवा भएर आएका कारण सो स्थानमा पक्की संरचना बनेको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए । चुरे क्षेत्राम बन्ने पक्की संरचनाका लागि बिधि र प्रक्रिया रहेको बताउदै उनले सो स्थानमा बनेको पक्की ढलानबाटोको बिषयमा आफुले तत्काल बुझन लगाउने बताए ।
संघिय सरकार र प्रदेश सरकारबाट भु परिवर्तनको कागजात तयार गरेर मात्र चुरे क्षेत्रमा पक्की बाटो वा ग्रेवल बाटो बनाउन पाईने प्रवधान रहेको कर्णको भनाइ रहेको छ ।
चुरे संरक्षणको नाममा संघिय सरकार र प्रदेश सरकारले हरेक बर्ष ठुलो धनराशि खर्च गर्ने गरेको भएपनि स्थानीय सरकारले चुरे क्षेत्रमा गर्ने लगानीले संघिय सरकार र प्रदेश सरकारको लगानी बलुवामा पानी बराबर भएको जानकारहरुको भनाइ रहेको छ । २०७९ असार १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here