चन्द्रपुर,१० असार ।
जिल्लाका सामुदायिक विद्यालयमा अध्यान गर्ने विद्यार्थीहरु लागु औषधको कुलतमा फंस्दै जान थालेको एक तथ्याङकले देखाएको छ । लागु औषध तथा एचआईभि एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागारण मञ्च (विजामका अनुसार रौतहटमा कक्षा ९ देखी कक्षा ११ र १२ मा अध्यान गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरु कुलतमा फंस्दै जान थालेको पाईएको हो । विगत लामो समय देखी ग्लोवल फण्ड ÷सेभ द् चिल्डूेनको सहयोगमा सो संस्थाले लागु औषध तथा एचआईभी रोकथामको क्षेत्रमा काम गर्दै आएको छ ।
सो संस्थाकी रौतहट जिल्ला कार्यक्रम संयोजक शोनी मल्लीकका अनुसार जिल्लाका अधिकांस सामुदायिक विद्यालयमा अध्यानरत विद्यार्थीहरु विस्तारै लागु औषधको सेवनको कुलतमा फंस्दै जान थालेका हुन ।
जिल्लाका सामुदायिक विद्यालयमा अध्यान गर्ने ७५९ जना विद्यार्थी लागु औषधको कुलतमा फंसेको पाईएको छ ,मल्लीकले भनीनन् । जिल्लाको चन्द्रपुर नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयमा गरेर ७९ जना ९ र १०मा पढने विद्यार्थी लागु औषधको कुलतमा रहेको सो संस्थाले जानकारी दिएको छ ।
भारतको बिहार राज्यसंग सिमा जोडिएको रौतहट जिल्लाका विद्यालय जाने विद्यार्थीहरुमा लागु औषध सेवनको कुलत बढ्दै जान थालेपछि सो संस्थाले नियन्त्रणका लागि बिभिन्न काम गर्दै आएको छ ।
जिल्लाको ईशनाथ नगरपालिकामा ४६ जना ,कटहरिया नगरपालिकामा ४२ जना ,गढीमाई नगरपालिकामा ४४ जना ,गरुडा नगरपालिकामा ५६ जना ,गुजरा नगरपालिकामा ५१ जना गौर नगरपालिकामा ३८ जना दुर्गा भगवती गाउपालिकामा २५ जना देवाही गोनाही नगरपालिकामा ३५ जना ,परोहा नगरपालिकामा ४१ जना ,फतुवा बिजयपुर नगरपालिकामा ४० जना ,बृन्दावन नगरपालिकामा ४७ जना ,बौधीमाई नगरपालिकामा ४ जना ,माधव नारायण नगरपालिकामा ३९ जना ,मौलापुर नगरपालिकामा २९ जना ,यमुनामाई गाउपालिकामा २६ जना ,राजदेवी नगरपालिकामा ३४ जना र राजपुर नगरपालिकामा रहेका समुदायिक विद्यालयमा अध्यानगर ४५ जना विद्यार्थी लागु औषधको कुलतमा फंसेको तथ्याङक सो संस्थाले सार्वजनिक गरेको छ ।
विद्यालय जाने उमेरमा लागु औषधको कुलतमा फंसेका विद्यार्थीहरुले सुईका माध्यामबाट बिभिन्न प्रकारको लागु औषध र कोरेक्स नामको लागु औषध प्रयोग गर्नै गरेको विद्यार्थी जागारण मञ्च पर्साको रौतहट स्थित कार्यालयले जानकारी दिएको हो ।
सो संस्थाले बुधबार चन्द्रनिगाहपुरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका बिचि एक कार्यक्रम गरेर विद्यार्थीहरुलाई कुलतबाट फंस्न रोक्नका लागि छलफल समेत गरेको थियो । एउटै सुईका माध्यमबाट विद्यार्थीले लागु औषध सेवन गर्ने गरेको र सोही कारण उनीहरुमा हुने एचआईभी एड्स रोक्ने समेत सो संस्थाले काम गर्दै आएको छ । सो संस्थाले लागु औषधको सेवनकर्ताहरुलाई पुनस्थापना केनद्रमा जाने बाताबरण समेत बनाउदै आएको संस्थाकी कार्यक्रम संयोजक शोनी मल्लीकले जानकारी दिईन् । बिहारसंगको खुल्ला सिमाका कारण रौतहट जिल्लामा लागु औषध सहजै भित्रने गरेका कारण विद्यालय जाने उमेरका बालबालिकाहरु समेत लागु औषधको कुलतमा फंस्ने गरेका छन् । २०७९ असार ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here