गौर,११ असार । रौतहटमा चोरीको घटनामा वृद्धि भएको छ । शुक्रबार राति रौतहटको फतुवा बिजयपुर नगरपालिकाको पेटभर्वामा ३ वटा घरमा सुरुङ खनेर चोरले लाखौको धनमाल चोरी गरेको छ ।
फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वामा राती लगभग १ बजेको समयमा बिलट रजक, होरिल रजक, बिरेन्द्र यादवको घरमा सुरुङ खनेर घरमा पसेर लात्ताकापडा मोबाईल गर गहना गरि लाखौंको चोरी भएको पिडित होरिक रजकले जानकारी दिएकाछन् ।
सो क्षेत्रमा पछिल्लो पटक चोरीका घटना बढदै जान थालेको स्थानीयले बताएकाछन् । ईलाका प्रहरी कार्यालय सन्तपुरले चोरीको घटनामा संलग्नको खोजी भईरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here