रौतहट,११ असार । लागु औषध सहित प्रहरीले रौतहटबाट एकजना लाई पक्राउ गरेको छ । लागु औषध बिशेष व्युरो वीरगंज र प्रहरी चौकी पौराई रौतहटको संयुक्त टोलीले लागु औषध नाईट्रोभेट ट्यावलेट सहित सर्लाही घर भएका एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही जिल्लाको बरहथवा नगरपालिका १४ घर भएका ३६ बर्षका मनोज कुमार सिंहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले तराई एक्सप्रेसलाई बताए ।
सिंहको साथबाट नाईट्रोभेट ४८० पिस बरामद गरेको हो । सिंहलाई पुर्व पश्चिम राजमार्गको पौराई सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here