अशोक पहाडी
रौतहट,१५ असार । श्रीमान विदेशमा भएका महिला पत्ता लगाएर नक्कली फेसबुक आईडी बनाएर साथी बनाई होटलमा लगेर लुटपाट गर्ने एकजना पक्राउ परेकाछन् ।
फोसबुकमा साथि बनाएर भेटघाट गर्ने बाहानामा महिलाकै नाममा कोठा बुक गर्न लगाएर खाने कुरामा नसालु पदार्थ मिसाएर खान दिई गरगहना लुटापाटमा संलग्न रहेका बारा जिल्लाका एकजनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
२०७९ बैशाख ५ गते चन्द्रनिगाहपुरमा रहेको एक होटलमा महिला आफैंले बुक गरेको कोठामा फेसबुकमा चिनजान भएको एक युवकले आफुसंग भएको गरगहना र नगद लुटपाट गरेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान गर्दै जांदा नक्कली फेसबुक आइडी बनाएर श्रीमान विदेशमा भएका महिलाहरुलाई यौन शोषणका अलावा लुटपाट गर्ने बारा जिल्लाको पर्सौनी गांउपालिका ४ भर भएका ३६ बर्षका मोहमद रफिक रायभाट पक्राउ परेका हुन ।