चन्द्रपुर,१५ असार । हिजो सांझबाट लगातार परेको पानीका कारण रौतहट जिल्ला भएर बग्ने खोलाहरुमा पानी सतह बढदै जान थालेको छ । खोलाहरुमा पानीको सतह बढदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
बागमती ,लालबकैया,झांझ चांदी लगाएतका खोलामा लगातारको बर्षाले पानीको सहत बढ्दै जान थालेको छ । स्थानीय प्रशासनले सर्तक भएर बस्ने स्थानीयलाई आग्रह गरेको छ
