अशोक पहाडी
चन्द्रपुर,१६ असार । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको लापारवाहीका कारण चन्द्रनिगाहपुरको मुख्य चोक जलमग्न भएको छ । गैडाटार जाने बाटो बाट आउने पानीको निकास रहेको ह््युमपाईप समयमा सफा नगरेका कारण अहिले सडकनै जलमग्न भएको स्थानीयले बताए । गैडाटार जाने बाटोबाट आउने पानी ह्युमपाईपबाट नगएपछि पानी सडकबाट बग्न थालेको स्थानीयको भनाइ रहेको छ । सडक डिभिजन कार्यालयले हिउदको बेलामा ह्युमपाईप सफा नगरेका कारण बर्खाको बेला चन्द्रनिगाहपुरको मुख्य सडकबाटै पानी बग्ने गरेको स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here