रौतहट,१६ असार । हिजो देशभर राष्ट्रिय धान दिवस मनाइरहंदा मधेस प्रदेशमा अहिलेसम्म धान रोपाइ हुने कुल जमिनमध्ये ११ प्रतिशतमा मात्र रोपाइ भएको छ । रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १ सय हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये अहिलेसम्म रौतहटमा २ हजार ६६७ हेक्टर (७ प्रतिशत) क्षेत्रफलमा रोपाई भएको छ । सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७ सय हेक्टरमा धान रोपाई हुन्छ । त्यसमध्ये अहिलेसम्म २ हजार ३३५ हेक्टर (५ प्रतिशत) क्षेत्रफलमा रोपाई सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here