चन्द्रनिगाहपुर,२१ असार । रौतहटको चन्द्रनिगाहपुरमा सुइमिङ पुल संचालनमा आएको छ । जिल्लामै पहिलो पटकम सुइमिङ पुल संचालनमा आएको छ । युवा व्यावसायी सुनिल तिमलसिनाले चन्द्रनिगाहपुरको जगत आयल स्टोर्स पछाडी पुल संचालनमा ल्याएका हुन ।
सो स्थानमा सुबिधा सम्पन्न होटल सहितको सुईमिङ पुल संचालनमा ल्याउने तयारी भएको भएपनि हालका लागि पुल मात्र संचालनमा आएको र अवको केही समयमा होटल पनि संचालनमा आउने तिमलसिनाले जानकारी दिएकाछन् ।
चनद्रनिगाहपुरमा सुइमिङ पुल नभएका कारण यहाँका स्थानीय गर्मी छल्नका लागि बारा जिल्ला जाने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here