सर्लाही,२८ असार । सर्लाहीको नवलपुरबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । लागु औषध व्युरो मधेश प्रदेशका सइ भरत पुडाईनी सहितको टोली र स्थानीय प्रहरीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिका २ नवलपुरमा मदिरा पसल संचालन गरेर बसेका रोषन भन्ने विजयकुमार घिमिरे र रितेश कुमार यादवलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले नाईट्रोभेट ट्यावलेट १५ थान र रिसव बोतल ९० थान बरामद गरेको थियो । रक्सी पसल संचालन गर्दै आएका घिमिरेको पसलबाट सो परिणामको लागु औषध बरामद भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here