चन्द्रपुर,२९ असार ।
मलखाद तथा उन्नत बीउबिजन अभावले यस वर्ष रौतहटमा कृषि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बीउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् ।
कृषि ज्ञान केन्द्र गौरका अनुसार असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । धान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गा¥हो छ । चन्द्रपुर –८ का किसान प्रलाद पौडेलले भने । एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृषि पेशाबाट लागेको बताउछन् । प्रागांरिक मलले मात्र उत्पादन नहुने र उत्पादनका लागि रासायनिक मलमा नै भर पर्नु पर्ने बाध्यताले पछिल्लो समय समस्या बन्दै गएको किसानहरूको गुनासो छ ।
कृषि विज्ञ भने उत्पादनमा कमी आउनु किसानको आफ्नै कारण पनि रहेको बताउछन् । खेतबारीमा रासायनिक मल मात्र हाल्नाले केही बर्ष उत्पादन बढे पनि त्यसपछि स्वत ह्रास आउने विज्ञहरूको बुझाइ छ । किसानहरूले विज्ञसग छलफल नै नगरी आफूखुसी बिउ प्रयोग गर्दा पनि उत्पादनमा ह्रास आएको कृषि बिज्ञहरुको भनाइ रहेको छ । किसानहरूले प्रयोग गर्दै आएको सोना मन्सुली धानको प्रजाति सोना मन्सुली नै नभएको विज्ञहरूले बताए । सोना मन्सुली भनिएको धानलाई किसानहरूले बिस्थापन नै गर्नुपर्ने सुझाव बिज्ञहरुको छ ।
मौसमको अस्वभाविक परिवर्तन हुदा कीराहरूको प्रकोपले पनि किसानले समस्या भोग्दै आएका छन् । जसको कारण उत्पादनमा ह्रास आएको छ ।