गौर,५ असार ।
रौतहटमा समयमा काम हसन नसक्दा तीन तहको अरबौ बजेट फ्रिज भएको छ । विभिन्न शीर्षकमा खर्च हुन नसकेको अरबौं रुपैयंँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले जनाएको छ ।
संघ, प्रदेश तथा स्थानीय सरकार गरी रौतहटमा अरबौ रुपैया फ्रिज भएको देखिएको छ ।
सबैभन्दा बढी सडक र भौतिक पूर्वाधारको रकम फ्रिज भएको देखिएको छ । संघ सरकारबाट रौतहटलाई प्राप्त एक अर्ब करोड १८ करोड रुपैयामध्ये ९१ करोड रुपैया खर्च भएको छ भने करिब २७ करोड रुपैया फ्रिज भएको छ । संघबाट आएको बजेटमा सबैभन्दा बढी सडकको रकम खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख अर्जुन बरालले जानकारी दिए । प्रदेश सरकारले जिल्लालाई उपलब्ध गराएको दुई अर्ब एक करोड बजेटमध्ये एक अर्व ३८ करोड मात्र खर्च भएको छ ।
प्रदेश सरकारले उपलब्ध गराएको बजेटमध्ये गत आर्थिक वर्षमा ६३ करोड रुपैया फ्रिज भएको कोलेनिकाले जनाएको छ । प्रदेश सरकारले सबैभन्दा कम बजेट कृषिमा खर्च गरेको छ । प्रदेशको १० करोड बजेटमध्ये ९ करोड फ्रिज भएको छ ।
एक करोड रुपैया मात्र खर्च भएको छ । प्रदेश सरकारले काम गर्नै नसकेको कारण कृषिको करोडौँ रुपैया फ्रिज भएको हो । कृषिको बजेट मुस्किलले दश प्रतिशत खर्च हुन सकेको रौतहटमा कृषि र कृषकको विजोग गरेको छ ।
जिल्लाकै कृषि तथा सहकारी राज्यमन्त्री रहेकोमा पनि कृषिको बजेट दश प्रतिशतभन्दा बढी खर्च नहुनु दुर्भाग्यको विषय रहेको जिल्लावासीको भनाइ छ । कृषि क्षेत्रको प्रगति शून्य रहँदा जिल्लाका कृषक भने त्राहीमाम गरिरहेका छन् ।
यसैगरी वन, भूसंक्षरण, पूर्वाधार तथा भेटनरीको पनि रकम पनि फ्रिज भएको छ । गत आर्थिक वर्षमा निर्माण व्यावसायीको आन्दोलन करिब एक महिनासम्म चलेको थियो ।
निर्माण व्यावसायीको आन्दोलनले पनि बजेट खर्च हुन नसकेको बताइएको छ । यस्तै प्रदेश सरकारको कतिपय मन्त्रालयबाट ढिलो कार्यक्रम स्वीकृत भएको कारण ठेक्का ढिला हुने भएर पनि बजेट फ्रिज भएको हो ।
स्थानीय तहको चुनावले गर्दा पनि बजेट खर्चमा केही अवरोध भएको यस क्षेत्रका जानकारहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here