रौतहट,७ साउन ।
बिभिन्न पार्टी परित्याग गरेर रौतहटका बिभिन्न दलका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेकाछन् । उनीहरु शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालबोटमा गएर पार्टी प्रवेस गरेका छन् । रौतहटबाट बिभिन्न पार्टीको दर्जनौ नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको छ । जसपाबाट प्रभावशाली नेता जितेन्द्र प्रसाद कुशुवहा, चन्द्रशेखर प्रसाद सिंह लगायतका नेताहरु , लोसपाबाट माधवनारायण नगरपालिकामा उपमेयर प्रत्याशी जमुना देवी साह, भाभिकन महतो, ओमप्रकाश चौधरी लगायतका नेताहरु, नेकपा माओवादी केन्द्रबाट गढीमाई मेयर प्रत्याशी रामाकान्त यादव, हृदयनारायण साह, मेराजुल हक, लगायतका नेताहरु र नेकपा (एकीकृत समाजवादी) बाट जीतन राय यादव,राजगिर साह लगायतका नेताहरु प्रवेश गरेको नेकपा एमालेका नेता प्रभु साहले जानकारी दिएकाछन् । रौतहटको माधवनारायण नगरपालिका र गढीमाई नगरपालिकाबाट नेकपा एमालेमा प्रवेस गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका थिए । यता नेकपा एमाले गुजराका नगर अध्यक्ष सहितका केही एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जिल्लाको गुजरा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेका नगर कमिटी अध्यक्ष पद कुमार श्रेष्ठ सहित दर्जनौं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एक कार्यक्रमका बिच एमाले पार्टी परित्याग गरि उनीहरू एसमाजवादीमा प्रवेश गरेका हुन् । नगर कमिटी अध्यक्ष श्रेष्ठ सँगै प्रदेश कमिटी सदस्य इद्रिस सिद्विकी, नेकपा एमाले जिल्ला कमिटी सदस्य सेख जमालोदिन, जिल्ला कमिटी सदस्य नीर बहादुर अस्थानी, बिक्रम श्रीमान माझी, ईश्वर प्रधान, सेख मन्तजिर,सेख जमिउलाह लगायतका नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादवले टीका माला लगाई एकीकृत समाजवादी पार्टीमा स्वागत गर्नु भएको हो । एमाले पार्टीमा व्यक्ति विशेष हाबी भएका कारण आफूहरु एसमाजवादीमा समाहित भएको उनीहरूले प्रतिक्रिया दिएका छन् । यता राज्यमन्त्री यादवले नव प्रवेशी श्रेष्ठलाई एकीकृत समाजवादी पार्टीको प्रस्तावित नगर कमिटी अध्यक्षमा राख्ने सर्व सहमत रूपमा निर्णय भएको बताएका छन् । सो अवसरमा नेकपा एकीकृत समाजबादी नगर कमिटी अध्यक्ष युवराज ज्ञवाली, नगर कमिटी सचिव कैमुलाह मन्सुरी,जिल्ला कमिटी सदस्य सीता राम गौतम , मोतिन मन्सुरी,राम औतार साह,रहमान अन्सारी,अजय चौधरी ,आलम बक्सिस मन्सुरी,मेयर प्रत्यासी केशव राय चौधरी लगायत समाजबादी पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here