चन्द्रनिगाहपुर,७ असार । रौतहटको चन्द्रनिगाहपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाको बार्षिक योजना तर्जुमा तथा नव निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रम सुरु भएको छ । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्लेले उदघाटन गरेको सो कार्यक्रम चन्द्रनिगाहपुरको रोम होटलमा जारी रहेको छ । संकल्प बचत तथा ऋण सहकारीका अध्यक्ष बिभु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।