चन्द्रपुर, ९ साउन ।
जिल्लाको बृन्दावन सव डिभिजन वन कार्यालयको क्षेत्रबाट पछिल्लो समय काठ चोरी तस्करी बढेको छ । वन कर्मचारीकै मिलेमतोमा सो क्षेत्रबाट काठ तस्करी हुदै आएको स्थानीयको भनाई रहेको छ । जिल्लाको बृन्दावन सव डिभिजन वन कार्यालयको बलेरी क्षेत्रमा पर्ने वनमा पछिल्लो समय आएर काठ तस्करीले बढावा पाएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । वन कर्मचारी बिमल साहको मिलोमतोमा बृन्दावन नगरपालिका वडा नं १ का वडा सदस्य बच्चु पटेलले काठ चोरी तस्करी गर्ने गरेको स्थानीयको भनाइ रहेको छ ।
वडा सदस्य पटेलको घरमा दैनिक काठ चिरन गरेर बिक्रि बितरण ह“ुदा समेत वन कर्मचारीले देखेको नदेझै गर्ने गरेको स्थानीयले बताए ।
सो क्षेत्रको वनबाट पहिला पहिला सर्लाहीका काठ तस्करले काठ चोरेर लाने गरेकोमा पछिल्लो समय रौतहटकै गाउमा बलेरी क्षेत्रको चिरान काठ पुग्ने गरेको. छ । वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा पटक पटक काठ चोरी तस्करी हुने गरेको भन्दै उजुरी पर्ने गरेको छ । यता रौतहटको रंगपुर साझेदारी वनका हेरालुकै मिलेमतोमा काठको चोरी तस्करी हुने गरेको स्थानीयले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
साझेदारी वनका हेरालुले एक साईकलको एक हजार पैसा लिएर कटानी क्षेत्रका काठ चोरलाई काठको चोरी तस्करीमा सहजता बनाई दिएको स्थानीयको भनाइ रहेको छ । मधेश प्रदेश सरकारका वन राज्य मन्त्रीको ठाडो आदेशमा रंगपुर साझेदारी वनका अध्यक्ष न्युक्त भएपछि हेरालुको मनोबल बढेर चोरी तस्करी गर्न थालेको एक स्थानीयले बताए ।
रौतहटको वनमा व्यापक रुपमा काठको चोरी तस्करी बढदै जान थालेको छ । जंगलसहिया साझेदारी वनका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा गोलियानै गायव भएको समाचार सेलाउन नपाउदै जिल्लाका बिभिन्न वनबाट काठको चोरी तस्करी तिब्र हुदै जान थालेको छ । यता केही दिन पहिला रंगपुर साझेदारी वनले काठ बितरण गर्दा आम उपभोक्तालाई नदिएर हर्साहाका काठ व्यापारी बहिरालाई काठ बेचेको भन्दै उपभोक्ताले रंगपुर साझेदारी वन र डिभिजन वन कार्यालयका कर्मचारी बिरुद्ध अख्तियारमा उजुरी दिने तयारी थालेकाछन् । काठ व्यापारीलाई राम्रो काठ र उपभोक्तालाई कुहिएको काठ दिने रंगपुर साझेदारी वनका पदाधिकारी बिरुद्ध अख्तियारमा मुद्धाको तयारी भएको एक स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here