गौर,११ साउन । रौतहट प्रहरीले जोखिममा रहेका २ वालवालिकालाई उद्दार गरेको छ । गौर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट जोखिममा रहेका वालवालिकाहरुलाई उद्दार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय वालअधिकार परिषद, वालवालिका खोजतलास प्रदेश समन्वय केन्द्र, सि.जप., वाल हेल्प लाईन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र जिल्ला प्रहरी कार्यालय रौतहट गौर लगायत अन्य जनप्रतिनिधीहरुको सहयोगमा ती बालिकाहरूलाइ उद्वार गरिएको हो ।
अन्दाजी वर्ष १३ की मनिषा कुमारी र अन्दाजी वर्ष ७ की खुसी कुमारीलाई उद्दार गरी अस्थायी संरक्षण केन्द्रमा सुरक्षित साथ राख्नको लागि ती वातबालिकाहरुलाई सो संस्थाको कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here