आरके श्रीवास्तव,१२ साउन ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका करार तथा ज्यालादारी,अस्थायी कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका छन् । पिडित कर्मचारी संघर्ष समिति कटहरियाले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई ज्ञापनपत्र बुधबार गइ बुझाएका छन् । ज्ञापनपत्रमा विभिन्न मागहरू राखिएको छ ।
सम्पूर्ण करारका कर्मचारीको कार्यसम्पादन मूल्यांकनको अधारमा आ.व. २०७९।८० मा म्याद थप गर्नुपर्ने,कुनै मन्त्रालयबाट करारको कर्मचारीहरुको सम्बन्धमा पत्र आएमा त्यसको पुनः पालना हुनुपर्ने,अस्थायी करारका कुनै पनि कर्मचारी आफनो स्वेक्षाले राजिनामा दिन चाहेमा वा हटन चाहेमा निजलाइ उपदान दिनुपर्ने माग गरिएको छ ।
कटहरिया नगरपालिकाले केहि दिन अघि करार तथा ज्यालादारीका कुनै पनि कर्मचारीको म्याद थप नगर्ने सूचना जारी गरेको थियो । नव निर्वाचित जनप्रतिनिधिहरूले आ–आफनो स्वार्थपूर्ति गर्ने उदेश्यले श्रावण देखि म्याद थप नगर्ने निर्णय गरेको थियो । कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीका करिब दर्जनौं जना कर्मचारीहरु एकै चोटी अवकाश पाएपछि उनीहरु चरणबद्ध रुपमा अगाडी बढेका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ कटहरिया नगरपालिकाको स्थापनाकाल देखि विभिन्न पदमा अस्थायी,करार र ज्यालादारी कर्मचारीहरुलाइ नियुक्ती गरी कामकाज गर्दै आइरहेकाहरुलाइ बिना कारण काम बाट हटाइएको र कतिपयको अन्त्य जागिर खान उमेर हद पनि समाप्त भइसकेको सर्वविदितै छ । यस नगरलाइ राम्रो बनाउनलाइ रातदिन कामकाज गरी आइरहेको भएपनि कार्यसम्पादन मूल्यांकन नै नगरी कर्मचारीहरुलाइ विना सफाइको मौका दिइ एकै मुष्ट सबै कर्मचारीलाइ म्याद थप नहुने चिठी आफूहरु आश्चर्य चकित भएको उल्लेख छ । नगरपालिका बाट थप नहुने र कामकाजमा नआउने गरी निकालिएको सूचनाप्रति पिडित कर्मचारी संघर्ष समितिले घोर भर्तसना गरेको छ । साथै समाजिक सुरक्षा मन्त्रालय तथा गृहमन्त्रालय,संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको समेत ध्यानाकर्षण भइ करारका कर्मचारीहरुलाइ नहटाउने पत्र समेत पठाएको हुँदा कटहरिया नगरपालिकाले वास्ता नै नगरी सम्पूर्ण करारका कर्मचारीहरु लाइ हटाइएकोले कर्मचारीहरु नेपालको संविधानको अनुसार पाउने रोजगारीको मौलिक हक गुमाइ पिडित भएकोले तुरुन्त सम्पूर्ण कर्मचारीहरुको म्याद थप गरी कामकाजमा खटाउनका लागि ज्ञापनपत्र बुझाइएको भनिएको छ ।
ज्ञापनपत्रमा शान्तिपूर्ण दबाबमूलक नियमित धर्ना कार्यक्रम गर्ने भनिएको छ । कटहरियाका करार तथा ज्यालादारीका कर्मचारीहरुले माग पुरा नभएमा संघर्षका अन्य कार्यक्रम गर्ने चेतावनी दिएका छन् । उक्त कार्यक्रम गर्दा कुनै घटना उप घटना भएको खण्डमा सम्पूर्ण जिम्मेवारी नगर कार्यपालिकाको कार्यालय,नगर प्रमुख ,उपप्रमुख, कार्यपालिका सदस्य र प्रमुख प्रशासकिय अधिकृत हुने उनीहरुले भनेका छन् ।
करारका कर्मचारी हटाउने कटहरिया नगरपालिकाको निर्णयले सयौं यूवा बेरोजगार तथा सयौं परिवारको आर्थिक अवस्था बिचल्ली हुने देखिन्छ । त्यसैले पिडित कर्मचारीहरू लाई पुनः काम काज गर्ने वातावरण बनाई सहयोग गरिदिनु हुन सिडियो लाई आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा उमेश दास,मंजु गिरी,उमेश महतो,महेश यादव लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here