आरके श्रीवास्तव,
कटहरिया,१४ साउन । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्र बाट वितरण हुने विद्युत सेवा सनिबार बिहान ११ः०० बजे देखि कटौती हुने भएको छ ।
गौर वितरण केन्द्रको चन्द्रपुर बाट गौर सम्मको ३३ केभीए प्रसारण लाइन मर्मत तथा बुस कटिङ् कार्य गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म गौर सब स्टेशन बाट वितरण हुने सम्पूर्ण लाईन बन्द रहने नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रले जानकारी दिएको हो । गौर वितरण केन्द्रको चपुरदेखि गौरसम्मको ३३ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म लाईन बन्द हुने हुदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै मर्मतको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here