चन्द्रपुर, १४ साउन ।
चन्द्रपुर नगर उद्योग बाणिज्य संघको निर्वाचन तोकिएको समयमा हुन नसकेको भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको छ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघमा नेपाली कांग्रेस निकटमा व्यापारीको बाहुल्यता रहेको भएपनि कांग्रेस निकाटकै एकजना व्यापारीले उम्मेदवारी दिने तयारी गरेपछि अमुक नेताको ईसारामा समयमा निर्वाचन हुन नसकेको भन्दै निर्वाचन मण्डलको समाजिक संजालमा आलोचना सुरु भएको छ ।
चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसकै उदय नारायण सापकोटा सुरेन ,माओवादी निकट व्यापारी मनोज कुमार साह र कांग्रेस निकट व्यापारी सुनिल कुमार साहले अध्यक्षमा उम्मेदवारी दिइएसकेका छन् । समयमा निर्वाचन हुन नसकेको भन्दै केही व्यापारीले जिल्ला प्रशासन कार्यालय गौर र ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएको बताईएको छ । करिव ६ सय व्यापारीले सदस्यता नविकरण गरेकाछन् । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको चुनाव तत्काल गरेर समस्या समाधान गर्नुपर्ने व्यापारी दिवाकर सापकोटाको भनाइ रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले चन्द्रपुर नगर उद्योग बाणिज्य संघलाई दानमा दिएको टेवल कुर्सी पुर्व महासचिव सुनिल कुमार साहले आफ्नो घरमा लगेको व्यापारीहरुको भनाइ रहेको छ ।
तराई एक्सप्रेसले सो बिषयमा साहसंग बुझदा साहले भने भने निर्वाचनमा मनोनयन दर्ता गरेको बेलाको पैसा खातामा आएपछि आफुले लगेको टेवल र कुर्सी फिर्ता गर्ने बताए ।
उम्मेदवारी दर्ताका बेला उम्मेदवारसंग लिईएको मनोनयन दर्ता शुल्क कुन व्यापारीले लगे भन्ने बिषय समेत यतीबेला चर्चाको बिषय बनेको छ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको असार २५ गते उदघाटन सत्र भएको थियो ।
पछिल्लो समय अध्यक्षका उम्मेदवारनै बहुमत संख्या पुगेन ,मतदातानै फर्जी हुन भन्दै उजुरी दिन थालेपछि आफुहरुलाई समस्या भएको निर्वाचन समितिका सदस्य सचिव सुमन गौतमको भनाइ रहेको छ । आज सनिबार बृहत बैठक बसेर आफुहरु एउटा निर्णयमा पुग्ने समेत गौतमले जानकारी दिए ।
२०७९ साउन १४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।